राति बस्ती छिरेको हात्ती मृत फेला, शरीरका केही भागमा चोट

cp new add
Nisharg hospital

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–४ मा आइतबार बिहान हात्ती मृत अवस्थामा फेला परेको छ ।

बागमती नगरपालिकाका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाका अनुसार ब्रह्मबाबा सामुदायिक वन नजिकै परबलबारीमा भाले हात्ती मृत अवस्थामा फेला परेको हो । हात्तीको सुँढलगायत शरीरका केही भागमा चोटपटक देखिएको कार्यवाहक नगरप्रमुख लामाले बताउनुभयो ।

हात्ती मृत फेला परेको जानकारी पाएपछि सवडिभिजन वन कार्यालय मूर्तियाको टोली घटनास्थलतर्फ गएको सर्लाहीका डिभिजन वन प्रमुख विनोद सिंहले जानकारी दिनुभयो । गाउँलेका अनुसार शनिबार राति ८ बजेतिर अचानक बस्ती नजिक हात्ती देखा परेको थियो ।

बिहान सोही हात्ती मृत अवस्थामा फेला परेको हो । सर्लाहीमा वन्यजन्तु आरक्ष तथा निकुञ्जबाट आउने गरेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...