ज्ञानेन्द्र शाहीको प्रश्न- बालेनको यूएन सम्बोधनमा ओली, प्रचण्ड र देउवाको प्रतिक्रिया खोइ? 

cp new add
Nisharg hospital

काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनबारे पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको प्रतिक्रिया मागेका छन्।

शाहीले सामाजिक सञ्जालमार्फत तीनै पूर्वप्रधानमन्त्रीबाट हालसम्म प्रधानमन्त्री शाहको सम्बोधनबारे कुनै प्रतिक्रिया नआएको भन्दै प्रश्न गरेका हुन्।

‘संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको सम्बोधनबारे पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाजीबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएन, किन होला ?’ उनले भनेका छन्।

शाहीले यसअघि प्रधानमन्त्री शाहको सम्बोधनले नेपाली जनताको मनमा आशा र उत्साह जगाएको प्रतिक्रिया दिएका थिए। प्रधानमन्त्री शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको जलवायु संकट, जलवायु न्याय, हिमालय क्षेत्रमा बढ्दो विपद् तथा अन्तर्राष्ट्रिय सहकार्यलगायत विषय उठाएका थिए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...