बैतडीमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ट्याक्टर चालक पक्राउ

cp new add
Nisharg hospital

धनगढी । बैतडीमा यौन दुर्व्यवहार गरेको आरोपमा ट्याक्टर चालकलाई पक्राउ गरिएको छ ।

१० वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा २३ वर्षीय राकेश साउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिकाका बुवाले दिएको जाहेरीका आधारमा साउदलाई बिहीबार पक्राउ गरिएको हो।

बालिकामाथि बुधबार यौन दुर्व्यवहार आरोपमा जाहेरी परेको थियो । मुद्धा दर्ता गरेर म्याद थप गर्ने तयारी भइरहेको उनले बताए ।

बालिका कक्षा–४मा अध्ययनरत विद्यार्थी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...