सडक दुर्घटनाको सम्पूर्ण रेकर्ड अब डिजिटल प्रणालीमा

cp new add
Nisharg hospital

काठमाडौं । सरकारले सडक दुर्घटनाको सम्पूर्ण विवरण डिजिटल प्रणालीमा राख्ने भएको छ ।

सङ्घीय संसद्मा पेस भएको ‘सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ मा दुर्घटनाको तथ्याङ्क, घाइतेको उद्धार तथा उपचारलगायत विवरण एकीकृत रूपमा राख्न सडक दुर्घटना अभिलेख तथा घाइते उद्धार व्यवस्थापन प्रणाली स्थापना गर्ने प्रस्ताव गरिएको छ ।

विधेयकको दफा ३३ अनुसार राष्ट्रिय सडक सुरक्षा परिषद्ले उक्त प्रणाली स्थापना तथा सञ्चालन गर्नेछ । दुर्घटनाको विवरण प्रणालीमा पहिलोपटक प्रविष्ट गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई तोकिएको छ ।

दुर्घटनासँग सम्बन्धित उद्धार निकाय, स्वास्थ्य संस्था, बिमा कम्पनी, सडकसम्बन्धी निकाय र स्थानीय तहले पनि तोकिएबमोजिमका तथ्याङ्क अनिवार्य रूपमा प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ ।

त्यस्तै, अन्य सरकारी तथा गैरसरकारी निकायका प्रणालीमा रहेका आवश्यक तथ्याङ्कसमेत तोकिएको प्रक्रियामार्फत स्वचालित रूपमा यस प्रणालीमा जोडिने व्यवस्था प्रस्ताव गरिएको छ ।

यसबाट सडक दुर्घटनाको वास्तविक तथ्याङ्क, घाइतेको उपचार तथा उद्धार र बिमा दाबीको अवस्थाबारे एकीकृत अभिलेख तयार हुने अपेक्षा गरिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...