नक्कली नोटसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital

झापामा रु ३५ हजार भारतीय नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार दमक नगरपालिका–६ स्थित देवकोटा चोकबाट बुधबार बेलुका उनीहरू पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा भारतको किशनगन्जका अब्दुल माजिद र रुवेद आलमलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले माजिदको साथबाट भारतीय ५०० दरका ७० थान नोट बरामद गरेको थियो । बरामद नोटका अधिकांश नम्बर दोहोरिएको पाइएपछि नक्कली भएको आशङ्कामा परीक्षणका लागि नेपाल राष्ट्र बैंक विराटनगर पठाइएको थियो ।

बैंकबाट गरिएको परीक्षणमा बरामद नोट नक्कली रहेको पुष्टि भएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए । उनका अनुसार नक्कली नोटसहित पक्राउ परेका दुवै जनाविरुद्ध मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...