press
po

बैतडीमा शिक्षक नियुक्तिमा ‘सेटिङ’को आरोप, फोन वार्तालापको अडियो बाहिरियो

cp new add
Nisharg hospital
dhanga
Rubic

कृष्ण बिष्ट, बैतडी । पाटन नगरपालिकामा शिक्षक नियुक्तिमा ‘सेटिङ’ गरिएको आरोपसहित विभिन्न व्यक्तिबीच भएका टेलिफोन संवादका अडियो सार्वजनिक भएपछि विवाद चर्किएको छ।

sanjiwan
Nisharg

पाटन नगरपालिका–१० स्थित कालिका माध्यमिक विद्यालयमा शिक्षक नियुक्तिको विषयलाई लिएर प्रधानाध्यापक दिपेन्द्र भाट र वडा अध्यक्ष धनबहादुर कुँवरबीच भएको करिब १७ मिनेट लामो संवाद सार्वजनिक भएको हो। अडियोमा आफूले चाहेको व्यक्ति नियुक्त नभए कार्यपालिकाबाट निर्णय उल्टाउनेसम्मको कुरा भएको सुनिन्छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

यस्तै, वडा सचिव पदमराज भट्टसँगको अर्को संवादमा आफ्नी बहिनीलाई शिक्षक नियुक्त गर्न सहज वातावरण बनाउन आग्रह गरिएको सुनिएको छ। परीक्षाको प्रश्नपत्र, परीक्षा व्यवस्थापन र कक्षामा गार्डका रूपमा प्रवेश गर्ने विषयमा समेत कुराकानी भएको दाबी गरिएको छ।

HAMRO DAIRY

वडा सचिव भट्टले बहिनीलाई नियुक्त गर्न सहज गरिदिन आग्रह गरेको स्वीकार गर्दै त्यसलाई सामान्य सोधपुछको रूपमा व्याख्या गरेका छन्। प्रधानाध्यापक भाटले पनि विवाद समाधानका लागि छलफल भएको बताएका छन्।

Nav

शिक्षक नियुक्तिको विषयमा शिक्षा शाखाका अधिकृत बिख भट्टको नामसमेत जोडिएको छ। प्रधानाध्यापक भाटका अनुसार उनीसँगको संवादमा उम्मेदवार छनोट, परीक्षा नगरपालिका स्तरबाट सञ्चालन गर्ने र विज्ञसमेत नगरपालिकाबाटै राख्ने विषयमा छलफल भएको थियो।

यसैबीच, विद्यालयमा गणित र विज्ञान विषयका दरबन्दी परिवर्तन गरी सामाजिक विषय राख्ने निर्णयसमेत विवादमा परेको छ। उक्त निर्णयले विद्यमान ऐन तथा कार्यविधि पालना गरे–नगरेको विषयमा प्रश्न उठेको छ।

पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले शिक्षा शाखाबाट भएका भनिएका त्रुटिमाथि छानबिन गर्न माग गरेका छन्। उनले यसअघि पनि कार्यपालिकामा विषय उठाउँदा सुनुवाइ नभएको आरोप लगाएका छन्।

नगर प्रमुख गौरीसिंह रावलले भने घटनाबारे छानबिन गरी शिक्षा क्षेत्रको विषयमा छिनोफानो गरिने बताएका छन्।

सार्वजनिक अडियोमा सुनिएका संवाद र लगाइएका आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ। घटनाको वास्तविकता सम्बन्धित पक्षको आधिकारिक भनाइ तथा निष्पक्ष छानबिनबाट स्पष्ट हुने देखिन्छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...