press
po

कैलालीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा ३ जना घाइते

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–३ मारुसिन कम्पनी नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

sanjiwan
Nisharg

आइतबार साँझ चिसापानीबाट लम्कीतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स्कुटर ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

दुर्घटनामा स्कुटर चालक गोदावरी नगरपालिका–१ अत्तरियाका २२ वर्षीय प्रदीप लामिछाने र पछाडि सवार २२ वर्षीय अरबिन खड्का गम्भीर घाइते भएका छन्। लामिछानेको दाहिने हात र खुट्टामा गम्भीर चोट लागेको छ भने खड्काको दाहिने खुट्टा भाँचिएको छ।

HAMRO DAIRY

त्यस्तै, मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–४ का २३ वर्षीय हिक्मत बिक मध्यम घाइते भएका छन्। मोटरसाइकलमा पछाडि सवार २४ वर्षीय बमबहादुर रावत भने सामान्य अवस्थामा छन्।

घाइते तीनै जनाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवै सवारीसाधनको अगाडिको भाग, साइड लाइटलगायतमा क्षति पुगेको छ।

प्रहरीका अनुसार दुवै चालकसँग सवारी चालक अनुमतिपत्र रहेको र मादक पदार्थ सेवन नगरेको पाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...