press
po

इरानमाथि फेरि घातक हमला गर्ने ट्रम्पको चेतावनी, ‘चाहे पूरै देश र तेल कब्जा गर्न सक्छौँ’

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः घातक सैन्य हमला हुन सक्ने चेतावनी दिएका छन् । उनले आवश्यक परे इरानको पूरै देश नियन्त्रणमा लिन र त्यहाँको सम्पूर्ण तेल कब्जा गर्न सकिने दाबीसमेत गरेका छन् ।

sanjiwan
Nisharg

फ्लोरिडामा आयोजित जनसभामा सहभागी हुन प्रस्थान गर्नुअघि ह्वाइट हाउस बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानविरुद्ध थप आक्रामक कदम चाल्न सक्ने संकेत दिएका हुन् । उनले इरान अहिले निकै कमजोर भइसकेको र अमेरिकाको प्रतिकार गर्ने अवस्थामा नरहेको जिकिर गरे ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले इरानले अहिले धेरै केही गर्न सक्ने अवस्था नरहेको बताए । अमेरिकाले चाहेमा इरानको सबै तेल कब्जा गर्न र पूरै देशलाई आफ्नो नियन्त्रणमा लिन सक्ने उनको भनाइ थियो । उनले रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलडमरूमध्य पनि अमेरिकाको पूर्ण नियन्त्रणमा रहेको दाबी गरे ।

HAMRO DAIRY

यसअघि पनि ट्रम्पले इरानमाथि अमेरिकाले जुनसुकै बेला आक्रमण गर्न सक्ने संकेत दिएका थिए । उनले इरान सम्झौता गर्न इच्छुक रहेको बताए पनि सम्झौताका सर्त पालना गर्ने विषयमा आशङ्का व्यक्त गरेका थिए । ट्रम्पले इरानका सबै लडाकु विमान नष्ट गरिएको र २५९ वटा जहाज डुबाइएको दाबीसमेत गरेका थिए । यी सैन्य क्षतिसम्बन्धी विवरण भने ट्रम्पकै भनाइमा आधारित छन् ।

Nav

यसैबीच, संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले इरानसँगको द्वन्द्व अझै एक वर्षसम्म लम्बिन सक्ने अभिव्यक्ति दिएको विषयमा प्रश्न गर्दा ट्रम्पले अमेरिकाले चाहेमा विवाद तत्काल अन्त्य गर्न सक्ने दाबी गरे । उनले द्वन्द्व छिट्टै समाप्त पार्ने वा इरानलाई क्रमशः कमजोर बनाउँदै लैजाने भन्ने निर्णय अमेरिकाको हातमा रहेको बताए ।

फ्लोरिडामा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा पनि ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाही हुन सक्ने सङ्केत गरे । उनले गत फेब्रुअरी २८ मा इजरायलसँगको समन्वयमा सञ्चालन गरिएको भनिएको ‘अपरेसन एपिक फ्युरी’ को स्मरण गर्दै इरानमाथि फेरि त्यस्तै कडा सैन्य प्रहार हुन सक्ने बताएका हुन् ।

अमेरिकी मध्यावधि निर्वाचनलगत्तै अमेरिकी र इजरायली सेनाले इरानका रणनीतिक संरचनालाई लक्षित गरी नयाँ आक्रमणको योजना बनाएको भन्ने खबरहरू सार्वजनिक भइरहेका बेला ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो । यद्यपि, नयाँ सैन्य आक्रमणका लागि उनले अन्तिम अनुमति दिने वा नदिने भन्ने विषय अझै अनिश्चित रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उता, इरानले पाकिस्तानी मध्यस्थमार्फत अमेरिकासमक्ष नयाँ प्रस्ताव पठाएको भन्ने खबर अस्वीकार गरेको छ । अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने बदलामा होर्मुज जलडमरूमध्य खोल्ने प्रस्ताव गरिएको भन्ने समाचारलाई इरानी पक्षले झुटो र मनगढन्ते भन्दै खण्डन गरेको छ ।

इरान र अमेरिकाबीचको तनाव बढिरहेका बेला होर्मुज जलडमरूमध्यको नियन्त्रण, तेल आपूर्ति र सम्भावित सैन्य कारबाहीलाई लिएर अन्तर्राष्ट्रिय चासो बढेको छ । विश्वको महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक रहेको यस जलडमरूमध्यमा हुने कुनै पनि सैन्य तनावले अन्तर्राष्ट्रिय बजार र विश्व अर्थतन्त्रमा समेत असर पार्न सक्ने देखिन्छ ।

यसैबीच, ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य हुने आशा पनि व्यक्त गरेका छन् । युद्ध समाप्त भएपछि अमेरिकाले रुस र युक्रेन दुवैसँग व्यापार गर्ने उनको भनाइ छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...