press
po

ब्राजिलको राष्ट्रपतिमा ८० वर्षीय वामपन्थी नेता लुला चौथो पटक निर्वाचित

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित भएका छन्। निकै कडा प्रतिस्पर्धा र तनावपूर्ण चुनावमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गर्दै जित दर्ता गराएका हुन्।

sanjiwan
Nisharg

लगभग सबै मत गणना भइसक्दा ८० वर्षीय लुलाले ५१।७६ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोले ४८.२४ प्रतिशत मत ल्याएका छन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

ब्राजिलमा सन् १९८८ मा लोकतन्त्र पुनर्बहाली भएयता पहिलो चरणको चुनावमा पछि परेर पनि दोस्रो चरण  (रन-अफ)  मा जित निकाल्ने लुला पहिलो उम्मेदवार बनेका छन्। यसअघि यसै महिनाको सुरुमा भएको पहिलो चरणको मतदानमा पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरासमेत रहेका फ्लाभियोले अग्रता लिएका थिए।

HAMRO DAIRY

पहिलो चरणमा पराजित भएको उम्मेदवारले राष्ट्रपतिको चुनाव जित्ने सम्भावना नहुने विश्लेषकहरूको अनुमानलाई चिर्दै लुलाले राजनीतिमा अभूतपूर्व पुनरागमन गरेका हुन्।

यो निर्वाचनलाई ब्राजिलको इतिहासमै निकै तिक्ततापूर्ण मानिएको थियो। चुनाव अघि लुलाले यसलाई देशको ‘सार्वभौमसत्ता’ को विषय बताउँदै ब्राजिलको झण्डा चुम्ने र अमेरिकी झण्डा चुम्ने उम्मेदवारबीचको छनोटको रूपमा अर्थ्याएका थिए।

उनको यो जितले ल्याटिन अमेरिकामा पछिल्लो समय देखिएको दक्षिणपन्थी लहरलाई पनि धक्का दिएको छ। अर्जेन्टिना, चिली र कोलम्बिया जस्ता देशहरूका मतदाताले अनुदारवादी नेताहरूलाई सत्ता सुम्पिरहेको पृष्ठभूमिमा लुलाको जितलाई वामपन्थी शिविरमा ठूलो सफलताको रूपमा हेरिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...