press
po

अमेरिकी डलर देखाई ठगी गर्ने एक व्यक्ति पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । अमेरिकी डलर देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

sanjiwan
Nisharg

पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा घर भएका २९ वर्षीय सुमन भन्ने मोहन बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

गोकर्णेश्वर नगरपालिका–४ स्थित एकान्त ठाउँमा पीडितलाई बोलाई अमेरिकन डलर देखाई सस्तो दरमा साटिदिने भनि प्रलोभनमा पारी ठगी गरेको आरोप छ । गत २३ चैतमा पीडितबाट ५ लाख रूपैयाँ ठगी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका–१ सरस्वती खेलबाट पक्राउ गरेको हो ।

HAMRO DAIRY

प्रारम्भिक अनुसन्धानको क्रममा मोहन तथा उनका साथीहरू मिलि काठमाडौं उपत्यका तथा उपत्यका वाहिर समेत गई मानिसहरूलाई सस्तो दरमा अमेरिकन डलर साटिदिने भनि प्रलोभनमा पारी एकान्त ठाँउमा बोलाई लुटपाट तथा ठगी गरेको खुलल् आएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...