press
po

पत्रकार पोषकान्त पोखरेलको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

बुटवल । पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ ।

sanjiwan
Nisharg

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ सेतो पुलस्थित हुलाकी सडकमा आज दिउँसो करिब सवा १२ बजे सु.प.प्र. ०१–००१ ख ३४९७ नम्बरको ट्रकले ठक्कर दिँदा पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले पुष्टि गरेको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

एउटै दिशातर्फ गइरहेको लु.प्र. ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१३ भलवाडी निवासी ४५ वर्षीय पोखरेल घाइते भएका थिए ।

HAMRO DAIRY

उनलाई उपचारका लागि जिल्ला अस्पताल परासी पुर्याइए पनि दिउँसो १२स्२० बजे चिकित्सले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रक, मोटरसाइकल र ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोख्रेल काठमाडौबाट प्रकाशित हुने आर्थिक राष्ट्रिय दैनिकका संवाददाता थिए भने रुपन्देहीबाट प्रकाशित अग्निपरीक्षा साप्ताहिकका प्रकाशक तथा सम्पादक थिए ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...