press
po

सडक भासिएपछि दुर्घटनाको जोखिम

cp new add
Nisharg hospital
dhanga
Rubic

नवलपुर। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटबल सडकको चोरमाराको उकालो सडक खण्ड भासिएको छ । तीन–चार इन्चसम्म सडक भासिएर खाल्डाखुल्डी बनेपछि दुर्घटनाको जोखिम उच्च रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

sanjiwan
Nisharg

सडक केही भाग दबिएको छ भने केही भाग उठेर टायरको लेन मात्र बनेको छ । सडक समथर नहुँदा नियमित सवारी साधन चलाउने चालकहरु सतर्क भएर चलाउने गरेपनि नयाँ सवारी चालकका लागि उच्च जोखिम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक कुशलकुमार बर्तौलाले बताउनुभयो । उहाँका अनुसार दुई पांग्रे र तीन पांग्रे गाडीमा बढी जोखिम देखिएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

दुर्घटनाको जोखिम बढेकाले सडक एकतर्फी सञ्चालन गर्ने कि छिटो मर्मत गर्ने भनेर सडक आयोजनासँग परामर्श पनि गरिरहेको बर्तौलाले बताउनुभयो । जवाफमा आयोजनाले ममर्त गर्ने बताएको उहाँको भनाइ छ । यसअघि पनि सडक भासिएपछि दुई महिना अघि झण्डै एक सय मिटर बाटोलाई भत्काएर पुनः कालोपत्रे गरिएको थियो ।

HAMRO DAIRY
Nav

विस्तारको काम सकेर सरकारलाई हस्तान्तरण गर्नु अघि नै सडक भासिएर बिग्रेपछि ठेकेदार कम्पनीले तत्काल मर्मत गर्नका लागि नारायणघाटदेखि बुटबलसम्म नै अनुगमन गरिरहेको सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।

उहाँले यसअघि केही भागमा पुनः मर्मत गरिसकेकाले सोही मापदण्ड अनुसार मर्मत गर्ने तयारी गरेको बताउनुभयो । यसअघि बिग्रेको सडकको दुईपत्रे कालोपत्रमध्ये माथिल्लो मागलाई उप्काएर फेरी रोलिङ गरी कालोपत्रे गरिएको थियो ।

उक्त सडकको चोरमारा, अरुणखोला लगायतका क्षेत्रमा पनि सडक भासिएपछि सडक आयोजनाले अनुगमन गरेको खनालले बताउनुभयो । नारायणघाटदेखि बुटबलसम्मको झण्डै ११४ किलोमिटर सडकमध्ये बजार क्षेत्रमा ६ लेन, जंगलमा ४ लेन र दाउन्नेमा ३ लेनको सडक विस्तार भएको हो ।

१७ अर्ब रुपियाँमा चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन प्रा.लि.ले ठेक्का लिएको यो सडक पाँच वर्षसम्म ठेकेदार कम्पनीले नै मर्मत गर्नुपर्ने सम्झौता छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...