


धनगढी । कैलालीमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।



भजनी नगरपालिका–३ कुसुमघाटबाट १ ग्राम ५० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ, PROXIOHMSPAS नामक २८ क्याप्सुल र N10 नामक २८ ट्याब्लेटसहित टीकापुर नगरपालिका–५ का २२ वर्षीय रोशन सार्कीसहित दुई जना पक्राउ परेका छन्। प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले शुक्रबार मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको हो।





त्यस्तै, धनगढी उपमहानगरपालिका–४ चटकपुरबाट १२७ मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित डोटीको जोरायल गाउँपालिका–२ का २५ वर्षीय अमरबहादुर कुँवर पक्राउ परेका छन्। उनलाई अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको टोलीले शुक्रबार चेकजाँचका क्रममा पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।






