press
po

रेल चालक बन्न आवेदन खुल्यो, मंसिर २१ सम्म दरखास्त दिन सकिने

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । नेपाल रेल्वे बोर्डले रेल चालक (लोकोपाइलट) पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको छ । बोर्डले सोमबार सूचना जारी गर्दै इच्छुक उम्मेदवारलाई आगामी मंसिर २१ गतेभित्र दरखास्त पेस गर्न आग्रह गरेको हो ।

sanjiwan
Nisharg

नेपालमा रेल सेवा सञ्चालनका लागि नेपाली नागरिकलाई चालकका रूपमा सूचीकृत गरी परिचालन गर्ने उद्देश्यले आवेदन खुलाइएको बोर्डले जनाएको छ । बोर्डलाई दक्ष, योग्य, इमानदार र जिम्मेवार रेल चालक आवश्यक परेको सूचनामा उल्लेख छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

आवेदन दिन इच्छुक उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, मान्यताप्राप्त संस्थाबाट जारी भएको रेल चालकको लाइसेन्स र अनुभव तथा तालिमसम्बन्धी प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ ।

HAMRO DAIRY

इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित नेपाल रेल्वे बोर्डको केन्द्रीय कार्यालयमा दरखास्त पेस गर्न सक्नेछन् । आवेदन दिने अन्तिम मिति २०८३ मंसिर २१ गते तोकिएको छ ।

बोर्डले रेल सेवा सञ्चालनका लागि आवश्यक चालकको सूची तयार गर्ने उद्देश्यले आवेदन आह्वान गरेको हो ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...