


कञ्चनपुर । अवैध वन पैदावार मुद्दामा ११ महिना ४ दिन कैद सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन्।



पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–७ हल्दुखालका ६३ वर्षीय कर्णबहादुर धानुक रहेका छन्।





जिल्ला अदालत कञ्चनपुरले २०७५ माघ २९ गतेको फैसलाबाट उनलाई ११ महिना ४ दिन कैद सजाय सुनाएको थियो। फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो।






