

सर्लाही । वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन् ।
५५ वर्षीय रायलाई बुधबार साँझ करिब ५ बजे बसबरिया गाउँपालिका–१ स्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार २०८० असार १० गते आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी नीति तथा कार्यक्रम पारित गरिएको आरोप छ ।
उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेपछि सरकारी कागज किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो ।
अनुसन्धानका क्रममा सर्लाही जिल्ला अदालतबाट २०८३ असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि अध्यक्ष रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रायमाथि सरकारी कागज किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

