

शुक्रबार दिउँसो १ बजे टिकट बिक्री खुल्ने भनिए पनि दिउँसो १२ बजेर ५७ मिनेटमै टिकटिङ प्लेटफर्ममा फाइनलको टिकट ‘सोल्ड आउट’ देखिएको थियो । केही प्रयोगकर्ताको स्क्रिनमा भने टिकट बिक्री १ बजे खुल्ने समय देखिए पनि बिक्री सुरु भएपछि टिकट खरिद गर्न खोज्दा सफल नभएको गुनासो गरेका छन् । दिउँसो १ बजेर १ मिनेटमा टिकट काट्ने प्रयास गर्दा पनि टिकट नपाएको उनीहरूको भनाइ छ ।
टिकट बिक्री सुरु हुनुअघि नै ‘सोल्ड आउट’ देखिनु र बिक्री खुल्ने समय देखिएका प्रयोगकर्ताले समेत टिकट किन्न नपाएपछि सामाजिक सञ्जालमा दर्शकले आक्रोश व्यक्त गरेका छन् ।
यसअघि पनि एनपीएलका खेलको टिकट बिक्रीका क्रममा प्राविधिक समस्या देखिने र छोटो समयमै टिकट सकिने गरेको भन्दै दर्शकले गुनासो गर्दै आएका थिए । फाइनलको टिकट बिक्रीमा समेत उस्तै समस्या देखिएपछि टिकट व्यवस्थापनमाथि प्रश्न उठेको छ ।

