६५ वर्षीया महिलाको शव फेला, हत्याको आशंका

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । महोत्तरीको गौशाला नगरपालिका–१ सानो कुशमाडीस्थित उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला परेको छ ।

स्थानीय विणामाया पुलामीको शव शुक्रबार बिहान उखुबारीमा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार विणामाया बिहीबार घाँस काट्न घरबाट निस्किएकी थिइन् । तर, उनी शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनको घाँटीमा गम्छा कसिएको जस्तो देखिएको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।

घटनाको सूक्ष्म अनुसन्धान भइरहेको र अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...