

धनगढी । कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका १ लाख ३२ हजार ४ सय रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका सुटपिस, हुडी, स्विटर, बोइलर कुखुरालगायतका सामान फेला पारेको हो ।
बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

