बैतडीमा बसबाट उत्रिने क्रममा वृद्धको मृत्यु घटनामा चालक पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । बैतडीमा बसबाट झर्ने क्रममा लडेर ७० वर्षीय वृद्धको मृत्यु भएपछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको पाटन नगरपालिका–६ मेल्तडामा आइतबार मेलौलीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ ख ९१९ नम्बरको बसबाट झर्ने क्रममा सोही ठाउँका ७० वर्षीय नारायण चन्द लडेर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन हुँदै जिल्ला अस्पताल बैतडी पुर्‍याइएकोमा चिकित्सकले आइतबार दिउँसो मृत घोषणा गरेका थिए ।

घटनापछि प्रहरीले बस र चालक मेलौली नगरपालिका–९ रोगटाका ४८ वर्षीय अशोक चन्दलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...