बैतडीमा अदालतको निवासमा प्रहरी जवान मृत भेटिए

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । बैतडीमा अदालतको निवासमा प्रहरी जवान मृत भेटिएका छन् । मृत भेटिनेमा दार्चुलाको गाउँपालिका–४ का घर भएका भूपेन्द्र राम पार्की मंगलबार साँझ मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक रायले अदालतभित्र ब्यारेकमा कार्यरत रहेका पार्की आफ्नै सुत्ने निवासमा मृत भेटिएको बताए । उनकाअनुसार उनी भित्रबाट चुकुल लगाएको अवस्थामा मृत भेटिएका हुन् ।

उनको शव परीक्षणपछि बुधबार आफन्तले बुझेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...