प्रेस स्वतन्त्रताको माग गर्दै बझाङका पत्रकार प्रशासनअगाडि धर्नामा

cp new add
Nisharg hospital
Dhangadhi

बझाङ। प्रेस स्वतन्त्रतामाथि बढ्दो हस्तक्षेप र सञ्चारकर्मीमाथि भइरहेको धरपकड तथा दमनको विरोधमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले जिल्ला प्रशासन कार्यालयअगाडि शान्तिपूर्ण धर्ना दिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको सर्कुलरअनुसार आयोजित धर्नामा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गरेका छन् ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ बझाङका अध्यक्ष ललित सिंहले डिजिटल युगमा सञ्चारमाध्यमलाई संरक्षण र प्रोत्साहन गर्नुपर्नेमा उल्टै डर, दबाब र नियन्त्रणको प्रयास हुनु दुःखद भएको बताए । सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध नगराउनेदेखि विभिन्न बहानामा सञ्चारकर्मीलाई निरुत्साहित गर्ने प्रवृत्ति बढ्दै गएको उनको भनाइ थियो ।

स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि सञ्चारमाध्यमलाई आर्थिक तथा संस्थागत रूपमा सबल बनाउनुपर्नेमा जोड दिँदै उनले प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारका हस्तक्षेप, दमन र धरपकड स्वीकार्य नहुने बताए । पत्रकारको पेसागत सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षाका लागि राज्यसहित सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनले उल्लेख गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नीराजन श्रेष्ठले पत्रकारका समस्या र गुनासो राज्यले सुन्ने बताए । सञ्चारकर्मीले उठाएका विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो । पछिल्लो समय सञ्चारकर्मीमाथि हुने धरपकड, सञ्चारमाध्यममाथिको दबाब र अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने गतिविधिप्रति असन्तुष्टि जनाउँदै महासंघले देशभर विरोधका कार्यक्रम गरिरहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...