

धनगढी । कैलालीको टीकापुरबाट लागूऔषध खैरो हेरोइन र चरेसजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।
टीकापुर नगरपालिका–९ खक्रौलाबाट बिहीबार साँझ लम्कीचुहा नगरपालिका–७ निवासी २७ वर्षीय अजय चौधरी पक्राउ परेका हुन्।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा उनीबाट खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ १ ग्राम ७४० मिलिग्राम र चरेसजस्तो देखिने कालो पदार्थ १ ग्राम ६६० मिलिग्राम फेला पारेको थियो।
उक्त पदार्थ बरामद गरी चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

