

धनगढी । कञ्चनपुरमा लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका–११ ब्यारेनजिकबाट शुक्लाफाँटा नगरपालिका–११ निवासी २८ वर्षीय जयराम तिरुवा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेका तिरुवालाई शंकाका आधारमा चेकजाँच गरेको थियो।
सो क्रममा उनको साथबाट ३ ग्राम ५६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद पदार्थसहित तिरुवालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

