एमाले उपाध्यक्ष ज्ञवाली भन्छन्-राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नुपर्छ

Kailali hospital
Nisharg hospital

१३ साउन, धनगढी । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नागरिकता विधेयकलाई राष्ट्रपतिले सच्याउनुपर्ने बताएका छन् । ज्ञवालीले विधेयकमा राखिएको वैवाहिक अंगकृत नागरिकता सम्बन्धीको व्यवस्था गम्भीर भएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक फिर्ता गनुपर्ने बताएका हुन् ।

प्रेस चौतारी कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले राष्ट्रपतिले विधेयकमा भएका व्यवस्था राम्रोसँग अध्ययन गरेर मात्र अनुमोदन गर्ने वा नगर्ने निर्णय लिनुपर्ने सुझाव दिए ।

‘संसदबाट पारित भइसकेको नागरिकता विधेयकलाई के गर्ने रु भन्ने नितान्त राष्ट्रपति ज्यूले लिने निर्णय हो तर म नेपाली नागरिकको हैसियतमा यो विधेयक फिर्ता गर्नुपर्छ भन्ने सुझाव दिन चाहान्छु,’ ज्ञवालीले भने, ‘यो विधेयकमा राखिएका प्रावधानले देशको जनसंख्यामा ठूलो खतरा र अन्तर ल्याउने सम्भावना छ ।’

Navjiwan hospital adv

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको विधेयकमा विदेशी बुहारी वा ज्वाइँलाई विवाह गर्ने बितिकै नागरिकता पाउने गरी राखिएको व्यवस्थामा नेकपा एमालेको गम्भीर आपत्ती रहेको बताउदै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरिदिएपछि सच्याउन नसकिएको उनको टिप्पणी थियो ।

२०५७ सालमा आफू विपक्षी दलको नेताका रुपमा राष्ट्रिय सभामा रहेका बेला समेत जन्मका आधारमा नागरिकता पाइने व्यवस्थासहितको विधेयक प्रतिनिधिसभाबाट पारित भएको स्मरण गर्दै ज्ञवालीले कांग्रेस बाहेकका दलहरु एक ठाउँमा उभिएपछि राष्ट्रिय सभाबाट फिर्ता भएको बताए ।

‘त्यो बेला जन्मको आधारमा नागरिकता दिने भन्ने व्यवस्था गरिएको थियो । प्रतिनिधिसभाबाट पास भएपछि राष्ट्रियसभामा कांग्रेस विधेयकको पक्षमा अरु सबै सदस्यहरु विपक्षमा उभिएपछि ठूलो बहस र विवाद भयो,’ ज्ञवालीले भने, ‘पछि हामीले त्यहीबाट फिर्ता गरिदियौँ ।

त्यसपछि राजा कहाँ गयो राजाले अदालत पठाइदिए अदालतले रोकिदियो । यदी पास भएको भए साँच्ची त्यही बेला नेपाल सिक्किमीकरण हुने थियो ।’ हाल पारित गरिएको नागरिकता विधेयकमा विगतमा पनि अन्य बामपन्थीहरुको समेत विरोध भएकाले लामो समय छलफल समेत हुन नसकेको उनको भनाइ छ ।

छिमेकी भारतमा समेत विदेशी महिलाले विवाह गरेको ७ वर्षपछि मात्र नागरिकता पाउने व्यवस्था रहेको बताउँदै उनले उक्त व्यवस्था नेपालमा पनि लागु गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । फरक प्रसंगमा बोल्दै ज्ञवालीले अगामी प्रदेश र प्रतिनिधिसभामा एमालेसँग एक्लाएक्लै लड्न डराएर पाँच दलीय गठबन्धन भइरहेपनि एमालेले फेरी पनि बहुमत प्राप्त गर्ने दाबी गरे ।

याे पनि हेर्नुस्
Loading...