कैलालीमा घाइते अवस्थामा भेटिएका सरकारी कर्मचारीको मृत्यु

Nisharg hospital

१४ साउन, धनगढी । कैलालीमा घाइते अवस्थामा भेटिएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ तारानगरमा बस्दै आएका स्वास्थ्य कार्यालय कैलालीमा कार्यरत मलेरिया इन्सपेक्टर ३९ वर्षीय जयसिंह भण्डारीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले तारानगरस्थित कोठामा शनिबार दिउँसो झुण्डिएर घाइते अवस्थामा फेला परेका भण्डारीको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे ।

उनकाअनुसार मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । स्वास्थ्य कार्यालयकाअनुसार भण्डारी परिवारसँगै तारानगरमा कोठा लिएर बस्दै आएका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

याे पनि हेर्नुस्
Loading...