कार्यकर्तालाई सचिव भट्टको निर्देशन : देशको पक्षमा टिकटक बनाउनुहोस्

cp new add
Nisharg hospital

१६ साउन, धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले अर्काको भावनालाई चोट नपुग्ने गरी टिकटक बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । देशको पक्षमा र भ्रष्टाचारको विरुद्धमा टिकटक बनाउनुपर्ने उनको अपिल छ ।

आइतबार नेकपा एमाले डोटीद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव भट्टले भने, ‘टिकटक नबनाउनुहोस् म भन्दैन, बनाउनुहोस् तर तपाईंले बनाएको टिकटक देशको पक्षमा हुनुपर्यो, राष्ट्रियताको पक्षमा हुनुपर्यो । तपाईंले बनाएको टिकटकले कसैको भावनामा चोट नपुगोस् ।’

भट्टले छाडा संस्कृतिलाई प्रोत्साहन हुने खालको टिकटक बनाउनु भन्दा प्रगतिशील गीतमा बनाउन आग्रह गरे । एमालेका सबै कार्यकर्ताहरु उत्पादनसँग जोडिनु पर्ने पनि बताए । ‘दिनभरी गफ गरेर बस्ने, साँझ बजारबाट आलु किनेर तरकारी बनाउने हो भने हाम्रो उत्पादन बढ्दैन,’ भट्टले भने, ‘खेतबारीमा काम गरेर अन्नबाली उत्पादन गर्नु भन्दा भारत जानु ठिक भन्ने मानसिकता भत्काउनु पर्छ, त्यसका लागि एमालेका कार्यकर्ताहरुले अगुवाइ गर्नुपर्छ । दूध बेचेर श्रीमानका लागि रक्सी लगिदिनु पर्ने अवस्थाको हामीले अन्त्य गर्नुपर्छ ।’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...