३ पुष, जापान ।जापानमा एक नेपालीको मृत्यु भएको छ ।
जापानको टोकियोमा सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आएका भोजपुरका ४२ वर्षीय दिवस राईको गए राति मृत्यु भएको हो ।
१३ वर्ष देखि जापानमा श्रीमतीसहित बस्दै आएका राई गए राति ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन ।
शनिवार राति ११ बजे श्रीमती कामबाट फँर्कदा राई मृत अवस्थामा भेटिएको र तुरुन्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ । राईको मृत्युको कारण पोस्टमार्टम पछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।