नेपाल टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

cp new add
Nisharg hospital
suchana

१० पुष, काठमाडौं । शनिबारबाट काठमाडौंमा जारी रहेको नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज आइतबार दुई खेलको आयोजना हुँदैछ ।

आईतबारको पहिलो तथा प्रतियोगिताको तेस्रो खेलमा लुम्बिनी अल स्टार र विराटनगर सुपर किंग्सको बीचमा खेल हुँदैछ । पहिलो खेल बिहान ९ः१५ बाट सुरु हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा लिगको पहिलो संस्करण जारी रहेको हो । पहिलो खेल खेल्न लागेको विराटनगर जितका साथ प्रतियेगिताको सुरुआत गर्न चाहान्छ । पहिलो खेलमा फार वेस्टर्न युनाईटेडलाई सहज रुपमा पराजित गरेको लुम्बिनी लगातार दोस्रो जित हात पार्न चाहान्छ ।

पहिलो खेलमा जित हात पारेको लुम्बिनी २ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । आइतबार नै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्स बीच खेल हुँदैछ । खेल दिउसो १ः१५ बाट सुरु हुनेछ । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।

डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।

इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ। प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...