डोटीको यस्तो पुल, जहाँ अवलोकन गरेपछि पैँसा तिर्नुपर्छ

cp new add
Nisharg hospital
suchana

२० पुस, धनगढी । डोटीको दिपायल सिलगढी नगरपालिकाले झोलुङ्गे पुल अवलोकन गरेवापत शुल्क लिने भएको छ ।

वडा नम्बर ५ दुधेश्वर र वडा नम्बर २ को कोटभैरव जोड्ने झोलुङ्गे पुलको अवलोकन शुल्क उठाउन नगरपालिकाले ठेक्का लगाउन बोलपत्र आव्हान गरेको छ ।

बोलपत्र आह्वान गर्दै नगरपालिकाले शिलबन्दी दरभाउ माग गरेको छ । १२ पुसमा दोस्रो पटक जारी ठेक्कामा झोलुङ्गे पुलको अवलोकन शुल्क संकलन गर्ने फर्मले मासिक कम्तीमा पनि ५ हजार राजश्व उठाउनुपर्ने उल्लेख छ ।

नगरपालिकाले आन्तरिक आय बृद्धि गर्ने उद्देश्यअनुसार पुलको ठेक्का लगाइरहेको जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...