

२२ पुस, बैतडी । बैतडीमा शहीद दिवसको अवसरमा महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिकाले महिला क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा नगरस्तरीय महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी भएको हो ।
माघ पहिलो हप्ताबाट शुरु हुने प्रतियोगितामा ११ वटै वडाको सहभागिता रहने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए । प्रतियोगितामा टोली सहभागिताका लागि सबै वडाहरुलाई जानकारी पठाइएको समेत उनले बताए ।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरुलाई सहज होस भनेर वडा कार्यालयहरुमा पत्र पठाइएको अध्यक्ष चन्दले बताए । प्रतियोगिताको पुरस्कार, मिति र खेल सञ्चालनको स्थान केही दिनमा तोकिने चन्दले बताए ।

