२७ पुस, बैतडी । बैतडीमा प्रथम नेपाल– इण्डो खुला टी–२० क्रिकेट प्रतियोगिता बुधबारबाट शुरु हुँदैछ ।
पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका पुरुष क्रिकेट टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ४० हजार र उपविजेता टोलीलाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिए ।
दशरथचन्द नगरपालिका १० स्थित बुड्डाबाजे खेलमैदान रातामाटामा सञ्चालन हुने प्रतियोगिताका खेलहरु लिग चरणमा खेलाइनेछन् ।