यती विमान दुर्घटना : चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री लीले गरे दुःख व्यक्त

cp new add
Nisharg hospital
suchana
Nast new

३ माघ, काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछ्याङले समवेदना सन्देश पठाएका छन् ।

सी र लीले सोमबार चीन सरकार र चिनियाँ नागरिकको तर्फबाट समकक्षीहरू राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना सन्देश पठाएका हुन् ।

उक्त समवेदना सन्देश काठमाडौंस्थित चिनियाँ दूतावासले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डलाई बुझाएको छ । ‘नेपालमा भएको विमान दुर्घटनाका कारण ठूलो क्षती भएको खबरले चीन सरकार र चिनियाँ नागरिकलाई दुखित बनाएको छ ।

दुर्घटनामा परेर मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली तथा मृतकका परिवारप्रति गहिरो समवेदना छ,’ समवेदना सन्देशमा भनिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको थियो । जसमध्ये १५ जना विदेशी र बाँकी नेपालीहरू रहेका थिए ।

यसअघि रुसका राष्ट्रपति भलादिमिर पुटिनले पनि समवेदना सन्देश पठाएका थिए । अमेरिका र पाकिस्तानलगायत विभिन्न मुलुकबाट दुर्घटनामा समवेदना सन्देश आएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...