बैतडीमा विद्यालय स्तरीय भलिबल प्रतियोगिता हुने

५ माघ, धनगढी । बैतडीमा माध्यमिक विद्यालय स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ६ मा यहि माघ ८ गतेबाट मावि स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।

दशरथचन्द नगरपालिका ६ थालिगडा स्थित कालिका माविको आयोजना तथा गगनचन्द डिभाइन फाउण्डेसनको प्रायोजनमा जिल्लामा मावि स्तरीय पुरुष भलिबल प्रतियोगिता हुन लागेको गगनचन्द डिभाइन फाउण्डेसनका संयोजक गोविन्द राज जोशीले जानकारी दिए ।

‘राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद, गाउँका लागि खेलकुद’ भन्ने नाराका साथ विद्यार्थीको राष्ट्रिय खेल प्रति रुची बढाउन प्रतियोगिताको आयोजना गरिएको उनले बताए। यस्तै भलिवल प्रतियोगितामा उचित पुरस्कारको समेत व्यवस्था रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५१ हजार, शिल्ड र प्रमाण पत्र, द्धितियलाई नगद ३१ हजार, शिल्ड र प्रमाण पत्र र तृतिय स्थान हाशिल गर्ने टिमलाई २१ हजार शिल्ड र प्रमाण पत्र प्रदान गरिने गगनचन्द डिभाइन फाउण्डेसनका संयोजक जोशीले बताए। यस्तै चौथो हुने टिमलाई प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।

सम्बन्धित समाचार
Loading...