१८असार, धनगढी । बझाङको थलारा गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ। पालिकाभित्रका सबै बालबालिकाले नियमित खोप पाउने आधार सुनिश्चित गरे पछि शुक्रबार पालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो
थलाराले गत चैत र वैशाख महिनामा पालिकाभरका सम्पूर्ण बालबालिकाले खोप पाए नपाएको बारेमा सर्वेक्षण गरेको थियो । प्रत्येक वडामा अभियान सञ्चालन गरेर खोप प्राप्त गर्ने उमेरका बालबालिकाहरुलाई खोप लगाउने र ९ वटा वडा रहेको यस पालिकामा १३ वटा खोप केन्द्रबाट नियमित खोप सेवा दिने ग्यारेन्टी गरिसकेपछि पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पदम ओलीले जानकारी दिए ।