धनगढीमा एसपीए विद्यार्थी काउन्सिल कप भलिबल प्रतियोगिता सुरु

cp new add
Nisharg hospital
suchana

१५ माघ, धनगढी । धनगढीमा एसपीए विद्यार्थी काउन्सिल कप भलिबल प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिमाञ्चल क्याम्पस विद्यार्थी काउन्सिलको आयोजनामा सोमबारदेखि भलिबल कप प्रतियोगिा सुरु भएको हो ।

प्रदेश खेलकुद परिषद्को सहयोगमा भइरहेको प्रतियोगिता एक कार्यक्रमकाबीच विधिवत रुपमा उद्घाटन गरिएको काउन्सिलका अध्यक्ष छत्र कठायतले जानकारी दिए । कठायतको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि खेलकुद परिषद्का सदस्य सचिव दिपक सिह थिए ।

सोमबार समय अभावका कारण प्रतियोगिता अन्तरगतका खेल भने हुन सकेनन् । मंगलबार बिहान एसपीए कलेज र कान्ति माध्यमिक विद्यालय पहलमानपुरबीच खेल हुनेछ । लिग चरणमा खेलाइने प्रतियोगितामा २० वटा क्याम्पसको सहभागीता छ ।

अगामी माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५५ हजार, उपविजेताले २५ हजार, तेस्रो हुने टीमलाई १५ हजार नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...