धनगढीमा प्याब्सन क्रिकेट प्रतियोगिता हुने

cp new add
Nisharg hospital
suchana

५ फागुन, धनगढी । धनगढीमा प्याब्सन क्रिकेट प्रतियोगिता हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) धनगढीले क्रिकेट प्रतियोगिता गर्ने भएको हो । प्याब्सनको धनगढी नगर कमिटीले छैठौ प्याब्सन धनगढी फेस्टिबल तथा चौथो प्याब्सन धनगढी क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्याब्सनले प्याब्सन फेस्टिबल र क्रिकेट प्रतियोगिताको बारेमा जानकारी दिएको छ । फेस्टिबल र क्रिकेटमा गरि धनगढीका ३० संस्थागत र २ सामुदाियक गरि ३२ विद्यालयको सहभागिता रहने प्याब्सन धनगढीका उपाध्यक्ष ध्रुव सिंहले बताए ।

धनगढीमा खेलकुद तथा क्रिकेटको चहलपहल बढाउन, युवाहरुलाई खेलप्रति उत्प्रेरित गर्न, सुदुरपश्चिमलाई खेलका माध्यमबाट देशभरि चिनाउन फेस्टिबल आयोजना गर्न लागिएको प्याब्सन धनगढीका अध्यक्ष नरेन्द्र बहादुर सिंहले बताए ।

फेस्टिबलका इन्डोर खेलहरु रंगशालामा फागुन ६ र ७ गते हुनेछन् । आउटडोर प्रतियोगिताहरु विभिन्न विद्यालयमा संचालन हुनेछन् । क्रिकेटका खेलहरु फाप्ला क्रिकेट मैदानमा फागुन ९ देखि संचालन हुने बताइएको छ ।

क्रिकेट प्रतियोगिताको बिजेतालाई एक लाख एक हजार एक सय ११ र दितीयलाई ५१ हजार एक सय ११ नगद पुरस्कार रहेको छ । उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलरले पाँच हजार, उदयमान खेलाडीले पाँच हजार, म्यान अफ द म्याच एक हजार प्रदान गरिने सचिव पन्तले बताए । कार्यक्रमको संचालन दिनेश खत्रीले गरेका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...