कैलाली जिल्ला कराते सघंको अध्यक्षमा ललित खत्री चयन

cp new add
Nisharg hospital
suchana

१ चैत्र,धनगढी। कैलाली जिल्ला कराते सघंको अध्यक्षमा ललित खत्री चयन भएका छन ।

कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका खत्रीको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा वालकुमार महतो र लाल बहादुर राना, सचिवमा तेज नागरी र कोषाध्यक्षमा वर्षा साउँद चयन भएका छन । त्यस्तै सदस्यमा बवरजगं शाहि, आशाराम चौधरी, खुसिराम चौधरी, अशोक चौधरी, माला कार्कि, रमेश थापा मगर, कमल श्रेष्ठ, राजेश चौधरी, रमेश चौधरी, रमेश साउद, टेकराज सोडारी चयन भएका छन ।

यस्तै प्रदेश प्रतिनिधिमा गजेन्द्र साउद, मकेन्द्र बहादुर सिह, त्रैलोक्यनाथ पाण्डे, उमा महतोलाई चयन गरेको हो । अध्यक्षमा चयन भएपछि खत्रिले खेलाडीको क्षेमता बिकास र खेलाडीको हकहितमा काम गर्ने बताए ।

उनले खेलाडीको बिकासका लागि जिल्लामा बिभिन्न प्रतियोगिता आयोजना गर्नुका साथै देश र बिदेशमा हुने प्रतियोगितामा सहभागिताका लागि पहल गर्ने बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...