सुदूरपश्चिम स्पोर्टस् अवार्ड : युवा वर्ष खेलाडी भए हेमन्त, वर्ष प्रशिक्षक जगत

cp new add
Nisharg hospital
suchana

१५ असार, धनगढी । चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको युवा वर्ष खेलाडीको अवार्ड हेमन्त धामीले पाएका छन् । निसर्ग अस्पताल वर्ष खेलाडी अवार्ड पाएका धामी क्रिकेट खेलाडी हुन् ।

उनले युएईमा सम्पन्न यु १९ विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान दिएका थिए । वर्ष प्रशिक्षक पनि क्रिकेट प्रशिक्षक जगत टमट्टाले पाएका हुन् ।

उनले नेपाली यु १९ टिमलाई ८ वर्षपछि विश्वकप छनोट गराएका थिए । त्यसका साथै राष्ट्रिय पुरुष तथा महिला टिमको मुख्य प्रशिक्षकको पनि भूमिका निर्वाह गरिसकेका छन् । युवा वर्ष खेलाडीको मनोनयनमा क्रिकेटका हेमन्त सँगै भरत्तोलनका हेमन्त पाल र क्रिकेटका अनु कडायत क्रिकेट मनोनयनमा परेका थिए ।

वर्ष प्रशिक्षकमा क्रिकेटका जगतसँगै भरत्तोलनका जीवन गौतम र कुस्तीका राजेन्द्र चन्द परेका थिए । अवार्ड पाएकाहरूलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजनामा हुन लागेको चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...