धनगढीको किङ्ग्स लाउन्स क्यासिनोमा उपमेयरको छड्के, व्यवस्थित गर्न निर्देशन

cp new add
Nisharg hospital
suchana
Nast new

११ भदौ, धनगढी । धनगढीको किङ्ग्स लाउन्स क्यासिनोमा उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाले छड्के अनुगमन गरेकी छन् । शुक्रबार साँझ निड्स नेपाल सहितका सरोकारवालासहित धनगढी उपमहानगरपालिका–१ मा रहेको क्यासिनोमा उपमेयर रानाले छड्के अनुगमन गरेकी हुन् ।

अनुगमनका क्रममा क्यासिनोको व्यवस्थापन पक्ष निकै कमजोर देखिएपछि व्यवस्थापन गर्न उपमेयरले निर्देशन दिएको उपमहानगरपालिकाको सामुदायिक विकास शाखा प्रमुख टंकबहादुर विष्टले जानकारी दिए ।

विष्टकाअनुसार क्यासिनोले कार्यरत कर्मचारीको संख्या खुल्ने विवरण नराखेको, काममा लगाएका श्रमिकहरुको व्यक्तिगत पहिचान खुल्ने विवरण नभेटिएको, चेन्जीङ रुम, कोठा व्यवस्थित नगरेको तथा कानून बमोजिमका अधिकांश मापदण्ड पालन नगरेको पाइएपछि उपमेयरले तत्काल व्यवस्थित गर्न निर्देशन दिएकी हुन् ।

विष्टले पहिलो पटकलाई क्यासिनोलाई सचेत गराइएको बताउदै उपमहानगरपालिका कार्यालयबाट पत्राचार समेत गरिने र अगामी दिनमा सुधार नगरेमा कानून बमोजिम कारवाहीको प्रक्रिया थालिने बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...