एसियाकपमा श्रीलंकाको खराब सुरुवात, सिराजले लिए एकै ओभरमा ४ विकेट

cp new add
Nisharg hospital
suchana

काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भिडन्तमा श्रीलंकाले खराब सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले चार ओभरभित्रै पाँच विकेट गुमाएको छ ।

भारतका लागि शानदार सुरुवात गर्न मोहम्मद सिराजले एकै ओभरमा चार विकेट लिएका छन् । उनले आफ्नो दोस्रो र टिमको चौथो ओभरमा चार विकेट लिएका हुन् ।

सिराजले तेस्रो ओभरको पहिलो, तेस्रो, चौथो र छैटौ ओभरमा विकेट लिए । भारतका लागि पहिलो विकेट जसप्रित बुम्राहले लिएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...