एमाले कैलाली इन्चार्ज राना प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस

cp new add
Nisharg hospital
suchana
Nast new

१९ भदौ, धनगढी, नेकपा एमालेबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि नारदमुनी राना सर्वसम्मत रुपले सिफारिस भएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका कैलाली जिल्ला इन्चार्ज राना आइतबार बसेको प्रदेश निर्वाचन समन्वय कमिटिको बैठकबाट अगामी मंसिर ५ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत रुपले सिफारिस भएका हुन् ।

एमाले प्रचार विभाग कैलालीका प्रमुख लोकेन्द्रबहादुर शाहीले क्षेत्रिय कमिटिबाट रानाको नाम सर्वसम्मत रुपले सिफारिस भएर आएको जानकारी दिए । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ आरजु राणालाई पराजीत गरेका राना एमालेका बहालवाला प्रतिनिधिसभा सदस्य पनि हुन् ।

प्रतिनिधिसभामा सर्वसम्मत नाम सिफारिस भएपनि प्रदेशसभामा भने धेरै जना आकांक्षीको नाम जिल्लामा पठाइएको छ । प्रदेशसभा ‘क’ मा नेपालु चौधरी, यज्ञराज बास्तोला, राजेश खाती, तुलसी गौतम, विष्णु चन्द र सिताराम बुढाथोकीको नाम सिफारिस भएको जिल्ला कमिटिले जनाएको छ ।

प्रदेशसभा ‘ख’ बाट एमाले कैलालीका कार्यवाहक उपाध्यक्ष दुर्गाप्रसाद जोशी, जिल्ला कमिटि सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम संयोजक विनय शाह, नेता डिल्लीराज जोशी, प्रदेश कमिटि सदस्य यज्ञ ढुंगाना, नगर संयोजक चुडामणी भट्ट र सानु साउदको सिफारिस भएको प्रचार विभाग प्रमुख शाहीले जानकारी दिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...