

धनगढी । धनगढी उपमहानगरपालिकाले पशु चौपाया ट्यगिङ गर्न थालेको छ । उपमहानगरपालिकाले पशु चौपाया छाडा छोड्ने कार्य नियन्त्रण गर्न ट्यागिङ गर्न थालेको हो ।
उपमहानगरपालिकाको पशु सेवा शाखाले आइतवारदेखि ट्यागिङको काम थालिएको जनाएको छ । आइतवार फूलबारी क्षेत्रमा गाई, गोरु,बाच्छाबाच्छीहरुलाई ट्यागिङ गरी अभिलेख राख्ने कार्य थालिएको नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
आइतवार धनगढी उपमहानगरपालिका–१८ मा घर–घरमा पुगेर विभिन्न १५१ वटा पशु चौपायामा ट्यागिङ गरिएको हो ।

