बैतडीमा सम्पन्न भलिबलको उपाधि दशरथचन्द र शिवनाथलाई

cp new add
Nisharg hospital

बैतडी । बैतडीको देहीमाण्डौं सम्पन्न अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका र शिवनाथ गाउँपालिकाले जितेको छ ।

Nast Ad

पुरूषतर्फ दशरथचन्द र महिलातर्फको उपाधि शिवनाथले हात पारेको हो ।

मंगलबार सम्पन्न फाइनल खेलमा मेलौली नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दशरथचन्दले उपाधि जितेको हो ।

यस्तै महिलातर्फ शिवनाथले पनि मेलौली नगरपालिकालाई ३–१ को सेटमा हराउँदै जित दर्ता गरेको हो । उपाधि विजेता दशरथचन्द र शिवनाथले समान ७७ हजार ७७७ रुपैयाँ पुरूस्कार पाए ।

उपविजेता मेलौलीले ५५ हजार ५५५ रूपैयाँ पुरूस्कार पाएको छ । यस्तै महिलातर्फ पनि उपविजेता बनेको मेलौली ५५ हजार ५५५ रूपैयाँ पुरूस्कार प्राप्त गरेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...