इंग्ल्याण्डका सेफ अली जेबले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

cp new add
Nisharg hospital

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) ला लागि इंग्ल्याण्डका सेफ अलि जेबलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिमले बिहीबार जेबलाई अनुबन्ध गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

Nast Ad

२६ वर्षीय बायाँ हाते ब्याटिङ अलराउन्डरले अहिलेसम्म राष्ट्रिय टिमबाट खेलेका छैनन् । तर, उनीसँग इंग्ल्याण्डको घरेलु काउन्टी क्रिकेट खेलेको अनुभव छ ।

उनले बकिमह्याम्पसायर र नर्थह्याम्पसायरबाट इंग्लिस काउन्टी क्रिकेट खेलेका छन् । जेबले अहिलेसम्म ७४ टी२० खेल खेलेका छन् । जसमा उनको उच्च स्कोर ९२ नर हो ।

सुदूरपश्चिम रोयल्सले दोस्रो विदेशी खेलाडीको रुपमा जेबलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिमले यसअघि स्कटिस अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई अनुबन्ध गरिसकेको छ ।

दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् भने अस्ट्रेलियाबाट टी-२० विश्वकप जितेका पूर्वक्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टरमा अनुबन्ध गरेको छ ।

एनपीएलको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ । जसमा ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

सुदूरपश्चिम रोएल्स टिम

दीपेन्द्र सिंह ऐरी (मार्की प्लेअर), आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाएर, भोजराज भट्ट, नरेन साउँद, अमित श्रेष्ठ, ब्रान्डन म्याकमुलेन, सेफ अलि जेब

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...