राना थारु समुदायले आज तिज पर्व मनाउँदै

cp new add
Nisharg hospital
suchana

धनगढी । कैलाली, कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायले आइतबार तिज पर्व मनाउँदै छन। आज महिला दिदीबहिनीहरू दिनभरि निराहार व्रत बसेर तिज पर्व मनाउन लागेका हुन।

यो पर्वमा दिनभरि व्रत बसेर साँझ नदीमा पूजाआजा गरेर त्यहीँ प्रसादको रूपमा तयार पारिएको परिकार खाने चलन छ। राना थारु समुदायको तिज अरू समुदायको तिजभन्दा फरक हुने गरेको छ। महिलाहरू आफ्नो दाजुभाइ, भतिजाको दीर्घायुको कामना गर्दै व्रत बस्ने गरेका छन्।

नेपालमा अन्य समुदायले मनाइने तिजको अवसरमा महिनौँ दिनसम्म दर खाने गरेपनि राना थारु समुदायका महिलाले दरबिनाको तिज मनाउने गरेका छन्। राना थारु समुदायले तीजको दिन दिनभरि निराहार व्रत बसेर अपराह्न वा बेलुकातिर नदीमा गएर पूजा गर्ने त्यस क्रममा समानकी डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर लग्ने गर्दछन्। यसै गरी, झुरकी (कुसको गाँठो) बनाएर लग्ने चलन छ।

विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने चलन छ। मुरिया र झुरकी दुवै नदीमा सेलाइन्छ। सो क्रममा व्रतालुहरुले झुरकी र मुरियालाई नदीको धारमा छोडेर ‘धारै धार टाढा जानू, हाम्रो दाजुभाइ, भतिजाको उमेर बढाउनू’ भन्ने गरिन्छ।

झुरकी नदीमा बगेर जति टाढा गए दाजुभाइ, भतिजाको आयु त्यति नै लामो हुने विश्वास रहेको छ।तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ। यसै गरी, दाजुभाइहरूले व्रतालुहरूलाई आशीर्वादको साथै सकेको दक्षिणा पनि दिने गरिन्छ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...