धनगढीका युवा बमले गरे गोदावरी धामलाई त्रिशूल हस्तान्तरण

cp new add
Nisharg hospital
suchana

धनगढी । धनगढीका युवा दिनेशकुमार बमले गोदावरी धाममा त्रिशूल हस्तान्तरण गरेका छन्।

बुधबार धाममै पुगेर उनले २७ फिट अग्लो त्रिशूल हस्तान्तरण गरेका हुन्। गोदावरी धामका महाराजको अनुरोधमा त्रिशूल दान गरिएको उनले बताए।

बमले यसअघि पनि विभिन्न मन्दिरमा त्रिशूल चढाइसकेका छन्। उनका अनुसार गोदावरीको स्यालेस्थित विश्वनाथ मन्दिरमा १०८ फिट, गोरखधुनामा ५४ फिट र सुखडको दिपनगरस्थित कालिका मन्दिरमा १४ फिटका त्रिशूल दान गरिसकेका छन्।

आफ्नो कुनै विशेष भाकल नभए पनि धार्मिक क्षेत्रको सुन्दरता बढाउने र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले त्रिशूल दान गर्दै आएको उनले बताए।

धनगढीमा विभिन्न सामाजिक काम गर्दै आएका बमले युवालाई धार्मिक क्षेत्रमा पनि सेवा गर्न प्रेरित गर्ने उद्देश्य रहेको बताए।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...