
१३ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीकी युवतीमाथि बलात्कार भएको छ ।

धनगढी उपमहानगरपालिका–१२ की २१ वर्षीया युवतीमाथि बलात्कार गरिएको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा गोदावरी नगरपालिका–११ ओलानीका २२ वर्षीय युवक पक्राउ परेकाछन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले ती युवकले युवतीलाई गत जेठमा बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको जानकारी दिए ।
उनीमाथि खानिडाँडा लगेर बलात्कार गरेको आरोप छ तर प्रहरीले युवकको परिचय खुलाएको छैन । घटनाबारे अनुसन्धान भइरहेको छ ।

