सन्दीपविरुद्ध मुद्दा दर्ताको तयारी, १० देखि १२ वर्षसम्म कैद सजाय माग

cp new add
Nisharg hospital
suchana

१४ कात्तिक, काठमाडौं । बलात्कार आरोपमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ताको तयारी गरिएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा सम्भवत आजै अभियोग पत्र पत्र दर्ता गर्न लागेको हो ।
सन्दीपविरुद्ध १० देखि १२ वर्ष कैद सजाय माग गर्दै अभियोग पत्र दर्ता हुन लागेको जिल्ला सरकारी वकिल कार्यालयले स्रोतले जनाएको छ ।

प्रहरीले तिहारअघि नै अनुसन्धान प्रतिवेदन बुझाएपनि तिहार र छठको बिदा सकिएर आजदेखि कार्यालय खुल्ने भएकाले अभियोग पत्र दर्ताको तयारी गरेको हो । सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी थिइन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...