कञ्चनपुरमा मलामी गएका पुरूष महाकालीमा बगेर बेपत्ता

cp new add
Nisharg hospital
suchana

धनगढी । कञ्चनपुरमा मलामी गएका एक जना महाकाली नदीमा डुबेर बेपत्ता भएका छन् ।

मंगलबार बिहान साढे ११ बजेतिर मलामी गएका शक्लाफाँटा नगरपालिका-७ का ४५ वर्षीय प्रकाश सिंह महाकाली नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनी भीमदत्त नगरपालिका-११ भुजेला घाटबाट महाकालीमा बगेका हुन् । सिंह स्थानीय   ७० वर्षीया धाना भट्टकाे मलामी गएका थिए ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे संयुक्त टाेलीले बेपत्ता भट्टकाे खाेजी गरिरहेकाे छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...